×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सुरु गर्यो डिजिटल भुक्तानी सेवा, ग्राहकले यस्ता सुविधा पाउने

PRIME CA

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सुरु गर्यो डिजिटल भुक्तानी सेवा, ग्राहकले यस्ता सुविधा पाउने

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको जनाएको छ ।
ई–सेवा फोन पे प्रा.लिसँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा उपलब्ध हुने संस्थाले जनाएको छ । यसबाट ग्राहक सदस्यहरुले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाईल एप तथा वेभसाइट मा लगइन गरी यो सेवाको उपयोग गर्न सक्ने छन् । साथै यो सेवा नेपालमा मात्रै नभएर विदेशबाट पनि उपयोग गर्न सकिने संस्थाले जनाएको छ ।
सो सेवाको बैंकको आधिकारिक लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नंबर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिने र यदि कुनै समस्या भएमा ९८५६०४६२००.नंम्बरमा सम्पर्क गरी समाधान गर्न सकिने संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: