काठमाडौं । डेढ महिनादेखि सरकार गुहारिरहेका मिटरब्याज पीडितहरु अन्ततः गाउँ फर्किने भएका छन् । मिटरब्याजका कारण घरखेत सबै सक्किन लागेको भन्दै सरकार गुहार्न नवलपरासीदेखि काठमाडौं पुगेका मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गर्दै उनीहरु घर फर्किने भएका हुन् ।
माइतिघर मण्डलामा धर्ना दिँदै आएका मिटरब्याज पीडितले शनिबार सरकार पक्षसँग वार्ता गरेका थिए । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा भएको वार्तामा ५ बुँदे सहमति भएको हो ।
‘आन्दोलन गरेको यतिका समयमा बल्ल सरकार वार्ताका लागि तयार भयो । वार्तामा ५ बुँदे सहमति पनि भयो । अव आन्दोलन स्थगित गरेर घर फर्कन्छौँ ।’ संघर्ष समितिका एक सदस्यले भने -‘आशा गर्नुको विकल्प छैन । यसभन्दा अघि पनि आश्वासन लिएरै आन्दोलन स्थगित गरेका थियौँ फेरी शरण माग्न आउने पर्यो । तर, आशा गरौँ अर्कोपाली फेरी फर्किने स्थिति नआओस् ।’
के छ पाँच बुँदे सहमतिमा ?
१. मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने,
२. मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने,
३. ऋणीले साँवा-ब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रुपले हुन आउने साँवा ब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने,
४. संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि अन्तर निकाय समन्वय गरी मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि सरकारमा प्रस्ताव पेस गर्ने,
५. माग पूरा गर्न सरकारले सहमति गरेकाले सबै आन्दोलन फिर्ता गर्ने ।
सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भूसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् । यसरी सरकार र मिटरब्याज पीडितबीच सहमति गरेपछि अन्ततः आन्दोलनरत पीडितहरु घर फर्किने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्