काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसीले सरकारी सम्मान पाएका छन् ।
संविधान दिवस २०७९ को अवसरमा सरकारले दुवैजनालाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको हो ।
संविधान दिवसका अवसरमा यी २ बैंकका सीईओले प्रबल जनसेवाश्री पदक पाउँदा अर्की बैंकर शिक्षा भट्टचनले विकास रत्न पाएकी छिन् ।