×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सद्धारा ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

PRIME CA

यूनियन लाइफ इन्स्योरेन्सद्धारा ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमलालगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम प्रदान गरेका हुन् ।
१४ महिना अगाडी पोखरा नेटका सञ्चालकसमेत रहेका न्यौपानेले ५० लाख रुपैयाको जीवन बीमा गर्दा करिव ३ लाख ६० हजार रुपैया यूनियन लाइफमा जम्मा गरेका थिए । ५० लाख विमाङ्कको बीमा गरेका न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो । 
निधनपश्चात न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक निजकै निवासमा पुगि प्रदान गरिएको कम्पनीले जनाएको छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: