काठमाडौं । नेपाल धितोपत्र बोर्डले सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरी सेवा प्रवाह सुरु गरेको छ । बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज तथा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन जारी गरेसँगै निवेदन दिनेहरुको सहजताका लागि भन्दै ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको हो । बोर्डका अनुसार बोर्डबाट जारी गरिने सेवाहरुको बारेमा उक्त हेल्प डेस्कबाट सूचना लिन सकिनेछ ।
बोर्डले असोज २ गते जारी गरेको सूचनाका अधारमा मापदण्ड पुगेका कम्पनी तथा संस्थाले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज तथा कमोडिटी एक्सचेन्जका लागि आवेदन दिन सक्नेछन् । सोही अन्तर्गत प्रक्रियागत कुनैपनि उल्झन आएमा सहायता कक्षबाट सहयोग लिन सकिने बोर्डले जनाएको छ । बोर्डका अनुसार ‘हेल्प डेस्क’ले बोर्डबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धी कार्यलाई सहजीकरण गरी चुस्त बनाउन सहयोग पुर्याउनेछ ।
‘उल्लेखित कार्यका लागि सेवा प्राप्त गर्ने सम्बन्धमा कुनै अस्पष्टता, दुविधा वा कुनै सहयोगको आवश्यकता परेमा कार्यालय समयभित्र उक्त सहायता कक्षमा सम्पर्क गरी सेवा प्राप्त गर्न सकिनेछ ।’ –बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
बोर्डले स्थापना गरेको हेल्प डेस्कमा का.मु निर्देशक तोलाकान्त न्यौपाने र का.मु निर्देशक नवराज पण्डित रहनेछन् । बोर्डको यस्तो कदमले ब्रोकर लाइसेन्स दिने प्रक्रिया कतिसम्म पारदर्शी बनाउन खोजिएको छ भन्ने प्रष्ट पार्छ । यसो त बोर्डका अध्यक्ष स्वयम् पनि यसलाई पारदर्शी प्रक्रियाका रुपमा व्याख्या गर्छन् । ‘हामीले सबै प्रक्रियालाई पारदर्शी बनाउन खोजेका हौँ । कसैलाई लाइसेन्स आवेदन प्रक्रियामा कुनै समस्या परे हेल्प डेस्कले त्यसको समाधान गर्नेछ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘केहि कुरा कन्फ्युजन छ भने हेल्प डेस्कमा सम्पर्क गर्दा निष्कर्ष निस्किहाल्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्