×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैंपछि खुलेको सेयर बजारमा पहिलो दिनमै ४४.६२ अंकको बढोत्तरी, ‘चुनावी माहोलले बजारमा छुट्टै उत्साह’

PRIME CA

दशैंपछि खुलेको सेयर बजारमा पहिलो दिनमै ४४.६२ अंकको बढोत्तरी, ‘चुनावी माहोलले बजारमा छुट्टै उत्साह’

२३ आश्विन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दशैंपछि खुलेको सेयर बजारमा पहिलो दिनमै ४४. ६२ अंकको बढोत्तरी भएको छ । साताको कारोबारको पहिलो दिन नै गज्जबले बढेको बजार १८९८.३८ विन्दुमा पुगेको छ ।  देशैभरको चुनावी माहोलले लगानीकर्तामा छुट्टै उत्साह ल्याउँदा बजार बढेको हो ।
चुनावी माहोल बढेसँगै बजारमा पैसाको आपूर्ति बढ्ने र तरलता सहज हुने विश्वासले पनि बजारमा खरिदकर्ताहरु हाबी भएका हुन् । निर्वाचनको समयमा पैसाको आपूर्ति बढ्दा तरलता सहज हुने विश्वास र बजारमा निकै सस्तोमा सेयरहरु पाईएको अवस्था भएकाले पनि बजारमा सेयर किन्नेहरु बढेका हुन् ।
त्यसमाथि सेयर बजारमा लामो समयदेखि सक्रिय अनुभवी लगानीकर्ताले पनि बजार बियरिस चक्रको अन्तिममा रहेको बताउन थालेपछि त्यसले सेयर बजारमा थप उत्साह थपिदिएको छ ।
आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएकोमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक २२ करोड ६९ लाख ८२ हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५१ लाख ९८ हजार र हिमालयन डिस्टिलरीको २ करोड ३१ लाख ४५ हजारको कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: