काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आज असोज २४ गते सोमबारबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २२ हजार ८ सय १४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय रत्ननगर १, टाँडी, चितवनमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।