Skip to content
LAXMI SUNRISE BANK

फर्स्ट माइक्रोफाइनान्सको ९.५०% बोनसमा मूल्य समायोजन, प्रति कित्ता कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि संस्थाको सेयर कारोबार आइतबार ५७६ रुपैयाँमा खुल्ने भएको हो । मंसिर १८ गते हुने सभाका लागि कम्पनीले आज (मंसिर ५ गते) बुक क्लोज गरेको हो । यसर्थ, बिहीबारसम्म कायम सेयरधनीले बोनस सेयर सुरक्षित गरेका छन् । 
संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९.५०% बोनस र कर प्रयोजनका लागि ४.१८४% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । संस्थाले ७ करोड ६० लाख ७० हजार ४५४ रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड ३५ लाख ४ हजार ६८३ रुपैयाँ नगद वितरण गर्ने घोषणा गरेको छ । यसलाई साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । सभाले सर्वसाधारण  आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK