काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२१ कम्पनीको २५ लाख ७४ हजार ७ सय ८५ कित्ता सेयर खरिद बिक्री हुँदा ८० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४७ लाख ५९ हजार ७ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशतले बढेको हो । यस अलावा स्टाण्डर चार्टर्ड बैंक, एभरेस्ट बैंक लिमिटेड, नेपाल एसबिआइ बैंक, रिलायन्स फाइनान्स र राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सनका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार एभरेस्ट बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४७ लाख ५९ हजार ७ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा गरिमा विकास बैंक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट, रिडी पावर कम्पनी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । पिपुल्स पावरको सेयरमा यस्तो गिरावट आउँदा सिटिजन्स बैंक इन्टरन्याशनल, आशा लघुवित्त वित्तिय संस्था, मैलुंग खोला जल विद्युत,पञ्चकन्या माई हाइड्रोपावर र महुली लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्