काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुधुम्न प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
बीमा समितिले गत शुक्रबार सिईओ नियुक्तीका लागि अनुमति दिएपछि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स नेपालबीच आफ्नो गाभिने कार्य सम्पन्न भइ कात्तिक ७ गते बसेको संचालक समितिको बैठकले सीइओमा उपाध्यायलाई नियुक्त गरेको हो ।
बीमा क्षेत्रमा २३ वर्ष भन्दा बढि अनुभवी उपाध्यायले सानिमा जनरल इन्स्योरेन्सको सिईओमा नियुक्त भएपछि संक्षिप्त प्रक्रिया दिँदै भने, ‘पहिला भन्दा नयाँ शेलीमा बीमा कम्पनी चलाउनुपर्छ । अहिलेको विषम परिस्थितिमा डिजिटलाईजेशनमा फोकस भएर अघि बढ्ने लक्ष्य छ ।’