काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा हुने भएको छ । इन्स्योरेन्सको साधारणसभा मंसिर १८ गते हुने भएको हो । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुने भएको छ ।
सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने भएको छ । कम्पनीले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको २०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेको छ ।
त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेण्डा समेत रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गर्ने भएको छ भने मंसिर ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्