काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेष्डो सम्बृद्ध लघुवित्तको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख २७ हजार ६ सय १९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा अपर हेवा खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा नबिल ब्यालेन्स फण्ड ३, एनसीसी डेबेन्चर २०८६, मेगा म्युचुअल फण्ड-१, एनआइसी एशिया ब्यालेन्स फण्ड, नबिल ब्यालेन्स फण्ड-२ र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेष्डो सम्बृद्ध लघुवित्तको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख २७ हजार ६ सय १९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, नेपाल रिइन्स्योरेन्स कम्पनी, रिडी पावर कम्पनी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा धेरैले घटेको हो । एक्सेलको सेयरमा यस्तो गिरावट आउँदा गुराँस लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, प्रोग्रेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र बेस्ट फाइनान्स कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्