×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इन्स्योरेन्सको सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत, नयाँ सिईओको जिम्मेवारीमा सुवेदी

PRIME CA

युनाइटेड इन्स्योरेन्सको सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत, नयाँ सिईओको जिम्मेवारीमा सुवेदी

२८ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको सिईओ उपासना पौडेलको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिले पौडेलको राजिनामा कार्तिक २८ गते (सोमबार) देखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

कम्पनीको सिईओ पौडेलले व्यक्तिगत कारण देखाउँदै गत असोज ७ गते कम्पनीको संचालक समिति समक्ष राजिनामा बुझाएकी थिइन् । उनको राजिनामा स्वीकृत गर्दै कम्पनीले सोही दिनबाटै लागू हुनेगरी कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ)को जिम्मेवारी नविन सुवेदीलाई दिएको छ ।

गतवर्ष मात्रै युनाईटेड इन्स्योरेन्सको सिईओको रुपमा ४ वर्षका लागि नियुक्त भएकी पौडेलले कार्यकाल अवधि डेढ वर्ष नपुग्दै राजीनामा दिएकी हुन् । यसो त उनी सो कम्पनीको सीइओ हुँदा नै उनको योग्यता नपुगेको र नियम मिचेर सीइओ पद दिईएको चर्चा इन्स्योरेन्स क्षेत्रमा थियो । त्यतिबेला नै पनि उनले कम्पनीको सीइओ पद सम्हाल्न सक्दिनन्, र उनको कार्यकाल पूरा हुन गाह्रो हुने अड्कलबाजी धेरैले गरेका थिए । नभन्दै उनले कम्पनीबाट राजिनामा दिएकी छिन् ।

पौडेल हिमालयन रिइन्स्योरेन्स कम्पनीमा जानका लागि युनाइटेडबाट राजिनामा दिएको बुझिएको छ ।

३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन् । पौडेलले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् । उनले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्समासमेत काम गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि सीइओका रुपमा कार्यरत थिइन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: