×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दार्चुलाको व्यासमा ह्वात्तै चिसो बढ्यो, फोटोमा हेर्नुहोस् छांगरु र तिङ्करकवासीको कष्टकर जनजीवन (फोटो-कथा)

PRIME CA

दार्चुलाको व्यासमा ह्वात्तै चिसो बढ्यो, फोटोमा हेर्नुहोस् छांगरु र तिङ्करकवासीको कष्टकर जनजीवन (फोटो-कथा)

अर्थ सरोकार

२ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

दार्चुला । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ ।  हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । सो क्षेत्रमा पाँच, छ इन्च हिउँ जमेको छ । ती क्षेत्रका डाँडाकाँडामा अत्यधिक हिउँसमेत परेको छ । 
चिसो बढेसँगै तिङ्करकवासी बुधबार खलङ्गा झर्दैछन् । गाउँमा चिसो ह्वात्तै बढेपछि भारतको बाटो हुँदै सौका समुदायको बसाइसराइ (कुञ्चा) खलङ्गा झर्न लागेका हुन् । छाङ्रुको कुञ्चा भने यही मङ्सिर १९ गते मात्रै झर्ने तयारी भएको स्थानीयवासी बोहराले बताए यो । जिल्लाका व्यासी, सौका समुदाय सदरमुकाम खलङ्गा झर्ने तयारी गर्दैछन् । उनीहरु नेपाली भूमि होइन कि भारतीय बाटो भएर सदरमुकाम झर्ने तयारी गरेका हुन् । 
गत चैतदेखि नेपाल भारत सीमा नाका बन्द छ । व्यासीहरु आफ्नै भूमि भएर खलङ्गा आउन सक्ने अवस्था नरहेपछि भारतीय बाटो भएर खलङ्गा झर्ने तयारी भएको व्यास गाउँपालिका–१ का वडासचिव विनोद बुढाथोकीले जानकारी दिए । बाँकी फोटोमा :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: