काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २१.२९ अंकले बढेर १९०४.४५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९४ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ९६ लाख ४३ हजार २ सय ७५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सप्तकोशी डेभलपमेन्ट बैंक, बुद्धभुमि नेपाल हाईड्रो, रिभर फल्स पावर लिमिटेड, लिबर्टी इनेर्जी कम्पनी र छ्याँग्दी हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १० करोड ९६ लाख ४३ हजार २ सय ७५ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, ङ्गादि ग्रुप पावर, गोर्खाज फाइनान्स, नेस्डो सम्बृद्ध लघुवित्त र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यस्तै सोमबारको सेयर बजारमा लक्ष्मी इक्वटि फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । लक्ष्मी इक्वटि फण्डको सेयरमा यस्तो गिरावट आउँदा ङ्गादि ग्रुप पावर, मन्दाकिनी हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोव्थ स्किम -२ र एनएमबि माइक्रो फाइनान्स वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः