×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर छलीको आरोपमा दुई फर्मका सञ्चालकविरुद्ध मुद्धा, बिगो र जरिवानासहित ४५ करोड बढी रकम माग दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर छलीको आरोपमा दुई फर्मका सञ्चालकविरुद्ध मुद्धा, बिगो र जरिवानासहित ४५ करोड बढी रकम माग दाबी

२९ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नक्कली भ्याट बिल र आयकर छलीको आरोपमा दुई व्यवसायीक फर्मका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ ।

विभागले कुलेश्वरको अंकुश सप्लायर्सका सञ्चालक प्रविणकुमार महतो र युनिक ट्रेडर्स एन्ड इन्टर प्राइजेजका सञ्चालक आत्मराम पासवानविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । दुवै कम्पनीले आयाकरतर्फ १७ करोड २२ लाख २१ हजार ९९४ रुपैयाँ र नक्कली मूल्य अभिवृद्धि करतर्फ ५ करोड ४१ लाख ५९ हजार २९ रुपैयाँ कर छली गरेको विभागको दावी छ ।

दुवै फर्मलाई आयकर र भ्याट छलीमा २२ करोड ६३ लाख ८१ हजार २३ रुपैयाँ बिगो र सोही बराबरको जरिवानासहित ४५ करोड २७ लाख ६२ हजार ४६ पैसा माग दावी गरिएको विभागले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी