काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको २७ लाख ४५ हजार १ सय ९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६ सय ७५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा पञ्चकन्या माई हाइड्रोपावर, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, लक्ष्मी इक्वटि फण्ड, युनिलिभर नेपाल लिमिटेड र सयपत्री हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको ८ करोड २२ लाख ३४ हजार ६ सय ७५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल लाइफ इन्स्योरेन्स, नेपाल दुरसंचार कम्पनी, शिवम् सिमेन्ट, नेपाल रिइन्स्योरेन्स कम्पनी र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ८ प्रतिशत भन्दा धेरैले घटेको हो । तारागाउँ रिजेन्सीको सेयरमा यस्तो गिरावट आउँदा सिक्लेस हाइड्रोपावर, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था, गणपति लघुवित्त वित्तिय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक र रुरु जलविद्युत परियोजनामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्