×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बीमाको भुक्तानी दिन नेपाल पुनर्बिमा कम्पनीलाई निर्देशन, ७ दिनमा भुक्तानी नगरे कार्वाही गर्ने चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना बीमाको भुक्तानी दिन नेपाल पुनर्बिमा कम्पनीलाई निर्देशन, ७ दिनमा भुक्तानी नगरे कार्वाही गर्ने चेतावनी

Artha Sarokar

३० कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कोरोना बीमामा आफ्नो दायित्वबापतको रकम भुक्तानी गर्न बीमा प्राधिकरणले पुनर्बिमा कम्पनीलाई निर्देशन दिएको छ । नेपाल पुनर्बिमा कम्पनीबाट कारोना बीमाको पैसा भुक्तानी नगर्ने आसयको पत्र आएसँगै प्राधिकरणले एक साताभित्र रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।

‘नेपाल पुनर्बीमा कम्पनीबाट कोरोना बीमाको रकम भुक्तानी नगर्ने भन्ने आसयको पत्र आयो, जुन बिमा ऐनको दफा १२४ को विरुद्धमा छ’, प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘पुनर्बिमा गरिसकेपछि कम्पनी पछि हट्न पाउँदैन र आफ्नो दाबी अनुसारको रकम भुक्तानी गर्नैपर्छ ।’ उनका अनुसार एक साताभित्रमा रकम भुक्तानी नगरे पुनर्बिमा कम्पनीलाई कार्वाही हुनेछ ।

यसभन्दा अघि कोरोना बीमा मापदण्ड २०७७ अनुसार आफ्नो दायित्वबापतको रकम भुक्तानी गरिसकेकोले थप रकम तिर्नु नपर्ने भन्दै पुनर्बिमा कम्पनीले प्राधिकरणमा पत्र पठाएको थियो । उक्त पत्र प्राप्त भएपछि प्राधिकरणले सात दिनको म्याद दिएर रकम तिर्न निर्देशन दिएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी