काठमाडौं । सरकारले उत्कृष्ट कर दातालाई सम्मानित गर्ने भएको छ । हरेक वर्ष मंसिर १ गते मनाइने कर दिवसको अवसरमा उत्कृष्ट कर दतालाई सम्मानित गरिने भएको हो । यसवर्ष सरकारले उक्त सम्मान कार्यक्रम मंसिर ७ गते आयोजना गर्ने भएको छ ।
यद्यपी दिवसको औपचारिक सुरुवात बिहीबारदेखि भएको आन्तरिक राजस्व विभागले जनाएको छ । आगामी एक सातासम्म विभागले निजी क्षेत्रका संघ–संगठन तथा सरोकारवालासँग समन्वय गरी निर्वाचन आचार संहिताभित्र रहेर अन्तरक्रिया, संवाद तथा कर शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
विभागका अनुसार मंसिर ७ गते उत्कृष्ट करदाता सम्मान तथा कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने विभिन्न करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ । सरकारले २०६९ सालदेखि १ मंसिरमा राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।