
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । संघीय सरकारको कुल खर्च १३ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्यांकमा चालु आर्थिक बर्षको पहिलो ३ महिना अर्थात् साउनदेखि असोजसम्म संघीय सरकारको कुल खर्च १३ प्रतिशतले बढेको उल्लेख छ । गत वर्षको सोहिअवधिमा संघीय सरकारको कुल खर्च १ खर्ब ७८ अर्ब १ करोड थियो ।
यता सरकारको कुल खर्च बढेपछि पनि पुँजीगत खर्च भने घटेको छ । पुँजीगत खर्च अन्तर्गत गत आवको समिक्षा अवधीमा १८ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको थियो । चालु आवमा त्यो भन्दा पनि कम अर्थात् १५ अर्ब ५ करोड रुपैयाँ मात्र खर्च भएको छ । जसअनुसार पुँजीगत खर्च १८.१ प्रतिशतले घटेको देखिन्छ ।
कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणका कार्यहरु निरन्तर सञ्चालन हुन नसक्दा पुँजीगत खर्चमा सुधार नआएको अर्थ मन्त्रालयले जनाएको छ । सार्वजनिक तथ्यांक अनुसार सरकारको चालु र वित्तिय व्यवस्था खर्च नै बढेको छ । चालु खर्च १६.५ र वित्तिय व्यवस्था खर्च १८.४ प्रतिशतले बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्