- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तिहारमा घर जानेहरुको ठुलै लर्को छ । तिहार मान्न काठमाडौँ आउनेहरुको भीड पनि चर्कै छ । तर एयरपोर्टमा यात्रुहरुले सावधानी नपनाउँदा र एयरपोर्टको व्यवस्थापन पनि गतिलो नहुँदा काठमाडौँको एयरपोर्ट (डोमेस्टिक) एयरपोर्टबाट कोरोनापोर्ट बन्ने खतरा बढेको छ । यहाँ नबस्नु भनेर स्पष्ट लेखिएको कुर्सीमा पनि यात्रुहरु एकअर्कासँग टाँसिएरै बसेका छन् भने भौतिक दुरी कायम गरिएको छैन । बीमान कम्पनीहरुले पनि यात्रुलाई बिमानसम्म लैजाँदा भौतिक दूरीको ख्याल गरेका छैनन् । समग्रमा एयरपोर्ट अस्तव्यस्त बनेको छ ।
टिकट काट्ने ठाउँदेखि बीमानसम्म पुग्ने ठाउँसम्म यात्रुको भीड छ । यसले कोरोनाको जोखिमलाई सार्है बढाएको छ । हेर्नुहोस् अस्तव्यस्त एयरपोर्टका केहि झलक