डडेल्धुरा । डडेल्धुरामा १ हजार मतगणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा अग्र स्थानमा छन् ।
एक मात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट कांग्रेसका सभापति शेरबहादुर देउवा सातौँ पटक उम्मेदवार छन् । सुरुवाति परिणामअनुसार देउवाले ४६३ मत पाउँदा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २०९ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालले २४१ मत पाएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।