झापा । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन् भने झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको अग्रता कायम रहेको छ ।
झापा १ मा शर्माले ११ हजार ३८५ मत प्राप्त गरेका छन् भने झापा ३ मा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् भने लिङ्देनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण सिटोलाले ३ हजार ३४२ मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् ।
यता झापा १ मा विश्वप्रकाशका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।