×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार घट्यो सेयर बजार, १ अर्ब ३५ करोडमाथिको कारोबार हुँदा नेप्से १९२९.७० बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार घट्यो सेयर बजार, १ अर्ब ३५ करोडमाथिको कारोबार हुँदा नेप्से १९२९.७० बिन्दुमा

Artha Sarokar

६ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२८ कम्पनीको ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १६ लाख ८ हजार ५ सय ९८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा ६ प्रतिशतले धेरै हो । यस अलावा खप्तड लघुवित्त वित्तिय संस्था, धौलागिरी लघुवित्त वित्तिय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड, सिद्धार्थ इक्वटि फण्ड र एनआइबिएल सम्वृद्धि फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड १६ लाख ८ हजार ५ सय ९८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, ङ्गादि ग्रुप पावर र एभरेस्ट बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ५ प्रतिशत भन्दा धेरैले घटेको हो । युनिलिभर नेपालको सेयरमा यस्तो गिरावट आउँदा सिक्लेस हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, सिटिजन्स म्युचुअल फण्ड-१ र बिन्ध्याबसिनी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी