नवलपरासी । रोचक प्रतिस्पार्धा हुने अनुमान गरिएको नवरपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले अग्रता लिएका छन् । हालसम्मको मत परिणाम अनुसार सेनले ४ हजार ६८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बिनोद चोधरी ४ हजार ५६० मतसहित दोस्रो स्थान पछ्याईरहेका छन् । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सेन र कांग्रेसका चौधरीबीच कडा टक्कर भईरहेको छ ।
यस्तौ जनता प्रगतिशित पार्टीका हृदयश त्रिपाठी तीनजनाको प्रतिस्पर्धामा पुछारमा देखिएका छन् । उनले ३ हजार ४०३ मत प्राप्त गर्दै तेस्रो स्थान पछ्याईरहेका छन् । उनी यसभन्दा अघि पाँचपटकका विजेता समेत हुन् ।