काठमाडौं । काठमाडौंका तीन क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २, ७ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रतिनिधिसभाका लागि निर्वाचित भएका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भएकी छिन् । सो क्षेत्रमा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् । दोस्रो भएका नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् । चौथो स्थानमा रहेकी ओनसरीले ९ हजार ४४९ मत प्राप्त गरेकी छिन् ।
यता काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाएका छन् । क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् । यसैगरी प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्