
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पाल्पाको रामपुरमा मैनबत्ती उद्योग सञ्चालन गर्दै आएकी सीता मल्ललाई तिहारको बेलामा मैनबत्ती तयार गर्न भ्याईनभ्याईदेखि पोखराको चिप्लेढुङ्गामा भाइटिकाको अघिल्लो दिन आइतबार बिक्रीका लागि राखिएका टिकाका सामग्रीसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पाल्पाको रामपुरमा मैनबत्ती उद्योग सञ्चालन गर्दै आउनुभएका सीता मल्ललाई तिहारको बेलामा मैनबत्ती तयार गर्न चटारो छ । घरबाटै बिक्री हुने मैनबत्तीको माग तिहारको बेला अत्याधिक रहेको मल्ल बताउनुहुन्छ ।

पोखराको चिप्लेढुङ्गामा भाइटिकाको अघिल्लो दिन आइतबार बिक्रीका लागि राखिएका टिकाका सामग्री ।

संरक्षणको अभावमा जीर्ण बन्दै गरेको कमल पोखरी । कामपा–१ को समन्वयमा हाल यसको मर्मत कार्य भइरहेको छ ।

धरानको ग्रामीण क्षेत्र विष्णुपादुकाबाट धरान बजार क्षेत्रमा फूल बेच्न हिँडेका एक कृषक ।

पोखरा महानगरपालिका वडा नं १८ सराङ्गकोटबाट आइतबार देखिएको सूर्योदयको दृश्य ।

भक्तपुरको लोकन्थलीमा गाईपूजा गरिँदै ।

शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका वृद्धा म नदीको बगरमा घाँस काटदै ।

तिहारको लक्ष्मीपूजाका रामपुरको एक घरमा बनाइएको रङ्गोली । धन सम्पत्ति ऐश्वर्यका लागि घरमा रङ्गोली बनाएर लक्ष्मीपूजा गरिन्छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्