काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.७२ अंकले घटेर १९२१.९९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२३ कम्पनीको २८ लाख ३९ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ७७ लाख ४० हजार ४ सय ७५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा सिभिल बैंक लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा घलेम्दी हाइड्रो लिमिटेड,जानकी फाइनान्स, पिपुल्स पावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था र जोशी हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १२ करोड ७७ लाख ४० हजार ४ सय ७५ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी, सिभिल बैंक, शिवम् सिमेन्ट, नेशनल लाइफ इन्स्योरेन्स र ङ्गादि ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यस्तै बुधबारको सेयर बजारमा स्टान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा धेरैले घटेको हो । स्टान्डर्ड चार्टर्डको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेन्स फण्ड-२, बुद्धभुमि नेपाल हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, बिशाल बजार कम्पनी र तेर्हथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः