चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । रविले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार रविले चितवन २ बाट ४९ हजार २६१ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन् । रवि र उनीबिचको मतान्तर ३४ हजार बढीको रहेको छ ।
त्यस्तै, चितवन २ बाट चुनाव लडेका नेकपा एमालेका कृष्ण भक्त पोखरेलले भने १४ हजार ६४९ मत ल्याएका छन् । यसभन्दा अघि २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्ण भक्त पोखरेल निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्