Skip to content
LAXMI SUNRISE BANK

जुवाखालमा प्रहरीको छड्के, गोरखामा एकैसाथ ३४ जुवाडे पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
गोरखा । गोरखामा जुवा खेलिरहेका ३४ जना पक्राउ परेका छन् । प्रहरीले ११ बजे गोरखाको सिरानचोक गाउँपालिका ७ खहरेस्थित धनबहादुर गुरुङको घरमा अवैध रुपमा जुवा खेलिरहेको ३४ जनालाई नियन्त्रणमा लिएको हो ।
जुवा १६ थान र नगद एक लाख पचहत्तर हजार सात सय पैतिस रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरु अधिकांश सिरानचोक गाउँपालिकाका छन् । ३२ मध्ये एकजना बारपाक सुलिकोटका र अर्का एक जना भिमसेन थापा गाउँपालिकाका रहेका छन् । ३४ जनामाथि नै अनुसन्धान भइरहेको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK