काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यकता अनुसार अन्य पार्टीसँग तालमेल गर्ने बताएका छन् । शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र ग्रहण गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘चुनावको बेला हामीले कसैसँग तालमेल वा गठबन्धन गरेनौँ’, उनले भने, ‘तर, राष्ट्रहितमा काम गर्न आवश्यक परे दलहरुले हामीलाई सम्झनुहोला, सहकार्य गरेर अगाडी बढ्ने छौँ ।’
त्यस्तै, लामिछानेले आफुलाई भारी मत र मायाका साथ जिताएको भन्दै चितवनबासीलाई धन्यवाद समेत दिएका छन् । साथै उनले जनता प्रतिको विश्वासलाई सँधै कायम राख्ने गरी काम गर्नेसमेत प्रतिबद्धता गरेका छन् ।