×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.२१ प्रतिशत लाभांश दिने निफ्राको प्रस्ताव साधारणसभाले पारित गर्यो, छिट्टै वितरण गरिने

PRIME CA

४.२१ प्रतिशत लाभांश दिने निफ्राको प्रस्ताव साधारणसभाले पारित गर्यो, छिट्टै वितरण गरिने

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को प्रस्तावित लाभांश बैंकको चौथो वार्षिक साधारणसभाले पारित गरेको छ । बैंकको चुक्ता पूँजीको ४.२१ प्रतिशत (९० करोड ९४ लाख ६८ हजार) नगद लाभांश दिने निर्णय सभाले पारित गरेको हो ।

नाफासँगै साधारणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव तथा चालु आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सञ्चालनको चौथो वर्षमा रहेको निफ्राले गत असार समान्तसम्ममा ३२ अर्ब ८९ कारोड रुपैयाँको कर्जा स्वीकृत गरेको छ । त्यस्तै, सोही अवधिमा १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरेको छ भने १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: