Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंक र क्यापिटल मर्चेन्टबीच भएको मर्जर सम्झौता भाँडियो…

अर्थ सरोकार

काठमाडौं । मर्जर तथा प्राप्तीका लागि प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच भएको सम्झौता भाँडिएको छ । सम्झौता रद्ध भएको सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पठाइएको छ ।

यसअघि प्रभु बैंक र क्यापिटल मर्चेन्टले एकआपसमा मर्जर/प्राप्तीका लागि सम्झौता गरेका थिए ।

‘प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा दुबै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको च.नं.३८ / ०७९/८०, मिति २०७२ मंसिर १ गतेको पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायी रुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाले यस बैंकको मिति २०७२ मंसिर ८ गते दिनको ४ः०० बजे बसेको सञ्चालक समितिको २६९औं बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु,’ प्रभु बैंकले नेप्सलेलाई पठाएको सूचनामा भनिएको छ ।

हाल प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरको तयारीमा रहेको छ । प्रभु र सेञ्चुरी बैंकबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK