काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २.९९ अंकले बढेर १९५३.३५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको २५ लाख ८९ हजार ९ सय ९७ कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख ७५ हजार ३ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, एनआइसी एशिया सेलेक्ट फण्ड ३०, गुहेशोरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, खप्तड लघुवित्त वित्तिय संस्था र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ७२ लाख ७५ हजार ३ सय ८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, शिवम् सिमेन्ट, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, नेपाल क्रेडिट एण्ड कमर्सिअल बैंक र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ४ प्रतिशत भन्दा धेरैले घटेको हो । एनआइसी एशिया ब्यालेन्स फण्डको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१, नेपाल एसबिआइ बैंक, सिद्धार्थ इन्स्योरेन्स, नबिल ब्यालेन्स फण्ड-३ र १०.२५ % नेपाल एसबिआइ बैंक डेबेञ्चर २०८३ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्