×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकले ठगी गरेको प्रमाणित, नेपाल एसबिआई बैंकको ठगी पनि बाहिरियो, फिर्ता गर्दै गैरकानुनी असुलीको रकम

PRIME CA

सिद्धार्थ बैंकले ठगी गरेको प्रमाणित, नेपाल एसबिआई बैंकको ठगी पनि बाहिरियो, फिर्ता गर्दै गैरकानुनी असुलीको रकम

अर्थ सरोकार

१३ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकले ग्राहकबाट नियम विपरित ब्याज असुली गरेको प्रमाणित भएको छ । ग्राहकबाट गैरकानुनी रुपमा ब्याज असुली गरेको भन्दै राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएसँगै दुवै बैंकले सो रकम फिर्ता गर्ने भएका हुन् । यसले बैंकको ठगीलाई झनै पुष्ठी गरेको छ ।

राष्ट्र बैंकले गत वर्ष सिद्धार्थ बैंकले ३० करोड रुपैयाँ र नेपाल एसबिआई बैंकले ५ करोड ७५ लाख रुपैयाँ ग्राहकसँग नियम विपरित असुली गरेको पाएको थियो । यो सँगै राष्ट्र बैंकले सो रकम फिर्ता गर्नका लागि निर्देशन समेत दिएको थियो । तर, बैंकहरुले नियम विपरित असुलेको रकम फिर्ता नगरेपछि राष्ट्र बैंकले साधारण सभाको स्वीकृति रोकेको थियो ।

हाल गैरकाुनुनी रुपमा असुलेको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै दुवै बैंकले साधारण सभा गर्ने अनुमति पाएका छन् । सिद्धार्थ बैंकले वित्तीय विवरण पारित गर्दै लभांश दिने अनुमति समेत पाइसकेको छ ।

राष्ट्र बैंकले यसअघी नै ११ बैंकलाई नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्न निर्देशन दिएको थियो । ती ११ वाणिज्य बैंकले नियम विपरित असुल गरेको १ अर्ब ७१ करोड ७० लाख रुपैयाँ फिर्ता गर्न शुरु गरेपछि साधारण सभा गर्न समेत स्वीकृति प्रदान गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: