- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड १८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा २५.२०% ले थोरै हो । कम्पनीले गत वर्षको सोही अवधिमा ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चुक्ता पुँजी २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ रहेको बुटवल पावरको जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ छ । यस्तै कम्पनीलको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ८३ पैसा रहेको छ । बिद्युत बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घट्दा कम्पनीको खुद नाफामा असर परेको देखिन्छ । विद्युत बिक्रीबाट हुने आम्दानी २० करोड ७७ लाख रुपैयाँबाट घटेर १९ करोड रुपैयाँमा खुम्चिएको छ ।