×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतको प्रतिबन्ध फुकुवापछि नेपालमा सस्तिने भयो चामल, २० प्रतिशत कर पनि नलाग्ने

LAXMI SUNRISE BANK

भारतको प्रतिबन्ध फुकुवापछि नेपालमा सस्तिने भयो चामल, २० प्रतिशत कर पनि नलाग्ने

१८ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भारतले कनिका र गैरबासमती चामल निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । भारतको विदेश व्यापार महानिर्देशनालय (जीजीएफटी) एक सूचना जारी गर्दैै कनिका र गैरबासमती चामलको निकासीमा लगाइएको प्रतिबन्ध फुकुवा भएको जनाएको हो ।

यसअघि भारतले आन्तरिक उपलब्धतामा कमी हुनसक्ने भन्दै कनिका निकासीमा प्रतिबन्ध लगाएको थियो भने गैरबासमती चामलको निकासीमा २० प्रतिशत कर थप गरेको थियो । तर, अव भने कनिका र चामलको निकासीमा प्रतिबन्धअघिकै नियम लागु हुने भएको छ ।

भारतको यो निर्णयपछि नेपाललाई भारतबाट कनिका आयातमा सहज हुनेछ भने चामल निकासीमा लगाइएको अतिरिक्त कर पनि हट्ने भएको छ । योसँगै अव नेपालमा चामलको भाउ पनि सस्तिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी