
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा नाफा अघिल्लो वर्षको भन्दा ७.८२% ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि क्रमशः १७.६९% र ७.६७% ले गिरावट आउँदा खुद नाफा घटेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ६२.८५% ले बढेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्म आउँदा बैंकले निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १३.३८% र १६.०२% ले बढाउन सफल भएको छ ।
बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १२ अर्ब ६१ करोड रुपैयाँ जम्मा छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१ रुपैयाँ ०३ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ २६७ रुपैयाँ ०८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्