Skip to content
LAXMI SUNRISE BANK

कलाकार मनोज गजुरेलले जिते कोरोना, गरे यस्तो आह्वान

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनी कोरोना संक्रमण पुष्टी भएको ११ दिनपछी संक्रमणबाट मुक्त भएका हुन् । उनले सामाजिक सन्जालमार्फत् आफुलाई ठिक भएको र   घर फर्किएर आराम गरिरहेको जानकारी दिएका छन् । 
पूर्ण रुपमा स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् । गत कात्तिक १० गते उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनले संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK