काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३८ कम्पनीको २५ लाख ८१ हजार ४ सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७ सय ९९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ८ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सिटिजन्स म्युचुअल फण्ड-१, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, हिमालयन बैंक लिमिटेड, खप्तड लघुवित्त वित्तिय संस्था र स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७ सय ९९ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्ट्रिलरी लिमिटेड, रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, एनआइसी एशिया बैंक र आरएमडिसी लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा एनएमबि बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । एनएमबिको यस्तो गिरावट आउँदा एनएमबि ५०, १२% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८३, एनएमबि हाइब्रिड फण्ड एल-१, एनआइसी एशिया सेलेक्ट फण्ड ३० र रिभर फल्स पावर लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्