×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १६.६१ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६५ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार १६.६१ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६५ करोडमाथिको कारोबार

Artha Sarokar

२१ मंसिर २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २४६ कम्पनीको ८० लाख ९२ हजार ७ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा खप्तड लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा कुमारी धनवृद्धि योजना, ग्रिन भेन्चर लिमिटेड, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था, सानिमा लार्ज क्याप फण्ड र अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ६७ करोड २ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, नबिल बैंक,रिडी पावर,ग्लोबल आइएमइ बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा नदेप लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा धेरैले घटेको हो । नदेपको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमइ बैंक, सिटिजन्स म्युचुअल फण्ड-१, शिवम् सिमेन्ट, नारायणी डेभलपमेन्ट बैंक र साधना लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी