×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सिईओमा पुनः भट्टराई नियुक्त

PRIME CA

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सिईओमा पुनः भट्टराई नियुक्त

२३ मंसिर २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओमा रमेशकुमार भट्टराई पुनः नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी चार वर्षको लागि पुनः कम्पनीको सिईओमा नियुक्त गरेको हो ।

प्रभु लाइफसँगको मर्जरपछि पनि कम्पनीको सिईओ भट्टराई नै रहनेछन् ।

वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका भट्टराको बीमा तथा बैंकिङ क्षेत्रमा झण्डै चार दशकको कार्य अनुभव छ । भट्टराईले यसअघि महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्समा सिईओको रुपमा कार्य सम्पादन गरिसकेका छन् । त्यस्तै, उनले महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाइफमै ४ वर्षसहित २६ वर्षभन्दा बढी अवधि कार्य गरिसकेका छन् ।

भट्टराईले पुनः आगामी चार वर्ष महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओको जिम्मेवारी सम्हाल्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: