काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.६२ अंकले घटेर १८९७.०८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २४६ कम्पनीको २० लाख ८७ हजार ८ सय ७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ३९ लाख १३ हजार १ सय ८९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा इस्टर्न हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तिय संस्था, रसुवागडि हाइड्रोपावर कम्पनी, खप्तड लघुवित्त वित्तिय संस्था र विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड ३९ लाख १३ हजार १ सय ८९ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एग्रिकल्चर डेभलपमेन्ट बैंक, नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, रसुवागडि हाइड्रोपावर र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगटिभ सर्किट लागेको हो । पिपुल्सको सेयरमा यस्तो गिरावट आउँदा किसान लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स, समिट लघुवित्त वित्तिय संस्था, एनएमबि हाइब्रिड फण्ड एल-१ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्