×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालय ऊर्जा विकास कम्पनीद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, सम्पूर्ण सूचक नकारात्मक

PRIME CA

हिमालय ऊर्जा विकास कम्पनीद्वारा चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, सम्पूर्ण सूचक नकारात्मक

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास वित्तीय विवरण सार्वजनिक गरेको छ । यसअवधिमा कम्पनीको नाफा ३३ लाख ३५ हजार रुपैयाँले घटेर ९ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि घटेको छ । 
अन्य स्रोतबाट हुने आम्दानी ४४ लाख ७८ हजार रुपैयाँले घटेर १० लाख २८ हजार रुपैयाँमा खुम्चिएको छ । चैत मसान्तसम्ममा कम्पनी चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ भने जगेडा कोष भने ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ०९ पैसा र प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ २४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: