काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५१ कम्पनीको २६ लाख ९९ हजार ३ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ४३ हजार १ सय ३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा धौलगिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा खप्तड लघुवित्त वित्तिय संस्था, सीवाईसी नेपाल लघुवित्त, नबिल ब्यालेन्स फण्ड-२, रिलायन्स फाइनान्स र राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार प्राइम कमर्सियल बैंकको भएको छ । यस कम्पनीको ६ करोड ९३ लाख ४३ हजार १ सय ३ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा फरवार्ड माइक्रोफाइनान्स, हिमालयन डिष्ट्रिलरी लिमिटेड, नेपाल दूरसंचार कम्पनी, पिपुल्स हाइड्रोपावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । इस्टर्नको सेयरमा यस्तो गिरावट आउँदा ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, फरवार्ड माइक्रोफाइनान्स, पिपुल्स हाइड्रोपावर, बुद्धभुमि नेपाल हाइड्रोपावर र एनआइबिएल सम्वृद्धि फण्ड-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्