Skip to content
LAXMI SUNRISE BANK

अन्तःशुल्क संकलनमा बियरको योगदान धेरै, दोस्रोमा मदिरा

अर्थ सरोकार

काठमाडौं । नेपाल सरकारले स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तुको उत्पादनमा लिँदै आएको अन्तःशुल्कमा बियरको योगदान सबैभन्दा ठूलो देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा सरकारले बियरबाट मात्रै ३१ अर्ब रुपैयाँ अन्तःशुल्क संकलन गरेको छ । यो गत आर्थिक वर्षमा सरकारले संकलन गरेको कुल राजस्वको ३०.०९ प्रतिशत हो । आन्तरिक राजस्व विभागका अनुसार गतवर्ष सरकारले १ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यस्तै, सरकारले मदिराबाट २९.५२ अर्थात ३० अर्ब ४१ करोड रुपैयाँ अन्तःशुल्क संकलन गरेको छ । सुर्तीजन्य पदार्थबाट गतवर्ष २४ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको सरकारले सोही अवधिमा अन्य औद्योगिक उत्पादनबाट भने १७ अर्ब ५ करोड रुपैयाँ मात्र अन्तःशुल्क संकलन गरेको राजस्व विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK