×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघबाट अनिल उपाध्याय बाहिरिए, काबा अध्यक्षको जिम्मा सुनिल केसीलाई

PRIME CA
GLOBAL IME BANK

बैंकर्स संघबाट अनिल उपाध्याय बाहिरिए, काबा अध्यक्षको जिम्मा सुनिल केसीलाई

८ पुष २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षबाट कृषि विकास बैंकका सीईओ अनिल उपाध्याय बाहिरिएसँगै अध्यक्षको जिम्मेवारी एनएमबि बैंकका सीईओ सुनिल केसीले पाएका छन् ।

बैंकर्स संघको उपाध्यक्ष रहेका केसीलाई शुक्रबार बसेको नेपाल बैंकर्स संघको बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । कृषि विकास बैंकमा उपाध्यायको कार्यकाल सकिएसँगै उनी बैंकर्स संघको अध्यक्षबाट पनि जिम्मेवारबिहीन भएका हुन् ।

बैंकर्स संघमा वाणिज्य बैंकको सीईओ रहँदासम्म मात्रै कार्यकारी भूमिका बस्न पाइने व्यवस्था अनुसार उपाध्याय जिम्मेवारबिहीन भएका हुन् । योसँगै अब एनएमबि बैंकका सीईओ केसीले संघको नेतृत्व गर्ने भएका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: