×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आईपीओ भर्न छोड्दै नछोड्नू, अहिले सस्तोमा पाएका बेला सेयर किने पक्कै जितिन्छ’, प्रकाश सापकोटासँगको अन्तर्वार्ता…

PRIME CA
GLOBAL IME BANK

‘आईपीओ भर्न छोड्दै नछोड्नू, अहिले सस्तोमा पाएका बेला सेयर किने पक्कै जितिन्छ’, प्रकाश सापकोटासँगको अन्तर्वार्ता…

१२ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । युवा सेयर लगानीकर्ता  प्रकाश सापकोटाले आईपीओ भर्न नछोड्न सुझाव दिएका छन् । पछिल्लो समय युवा सेयर लगानीकर्ताहरुमध्ये पनि धेरैले आईपीओ परेन भनेर भर्नै छोडेको भन्दै त्यस्तो नगर्न उनले सुझाव दिएका छन् । आफुले भर्न छोडे अरुले मौका पाउने बाहेक केहि नहुने भन्दै उनले हरेक आइपीओ भर्न युवाहरुलाई सुझाव दिएका हुन् ।
साथै उनले अहिले सस्तोमा पाएका बेला सेयर किन्नेहरुले नै बजारमा जित्ने दाबी गरेका छन् । सेयर सस्तोमा पाइएका बेला लगानी गर्नेहरुले भविष्यमा राम्रो मुनाफा कमाउन सक्ने बताउँदै उनले अहिले सस्तोमा पाएका बेला सेयर किन्न उपयोगी हुने दाबीसमेत गरेका छन् । आफुले समयमा बेच्न नजान्दा घाटा व्यहोरेको घटना स्मरण गर्दै उनले सेयर किनेपछि बेच्न जान्नुपर्नेसमेत बताएका छन् ।
सेपेस फोके टेलिभिजनमा प्रशारण हुने अर्थ सरोकार डटकमको प्रस्तुती टेलिभिजन कार्यक्रम ‘मार्केट टक’मा बोल्दै उनले यस्तो बताएका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: