
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा १०.८२ अंकले बढेर १७१८.४९ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ९८ कम्पनीको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व ८२ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको कुल २८ करोड ५५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल टेलिकम कम्पनी र प्रभु बैंकको कारोबार भएको छ ।
यता, बिहिबारको कारोबारमा बैंकिङ्ग, व्यापार, निर्जीवन बिमा र मुचुअल उपसुचक घटेका छन् भने बाँकी सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै बिसाल बजार कम्प्लेस र साल्ट ट्रेडिङ्ग कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स र पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्