
- अर्थ सरोकार सम्बाददाता
रौतहट । लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका छन् । रौतहटको मुख्य नाका गौर भन्सार अगाडिबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिलेजस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
चाडपर्वका बेला किनमेलका गर्न भारतीय बजारसम्म जान नपाएको प्रदर्शनकारीले बताएका छन् । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने उनीहरुको भनाइ छ । गौर भन्सार बन्द भए पनि रौतहटकै लक्ष्मीपुर बेलबिछवा र पश्चिममा महादेवपट्टीबाट आवागमन केही हदसम्म सञ्चालन भइरहेको छ । तर भारतीय सुरक्षाकर्मीले मुख्य नाकाबाटै आवतजावत गर्न भन्दै अन्य नाकामा स्थानीयलाई रोक्न थालेको छ ।
एसएसबीले रोक लगाएपछि स्थानीयले गौर भन्सारको मुख्य नाका नै खुलाउन दबाब दिएका हुन् । बिहीबार स्थानीयको प्रर्दशनपछि सशस्त्र प्रहरी बल ११ नं. गणका गणपति एसपी सूर्यबहादुर सेन ओलीले नाका खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालयले पहल गर्ने आश्वासन दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्